महानायीकाको पदवीबाट करिश्मा मानान्धर सम्मान,महानायक राजेश हमाल र संस्कृतमन्त्री पार्वत गुरुङले ताज र ढोसल्ला ओढाएर सम्मानपत्र ठम्याए
२५,माघ–काठमाण्डौं । लामो समयदेखि चलचित्र जगतमा होमिएका महानायक राजेश हमाल र नायीका करिश्मा मानान्धर शनिबार एउटै स्टेजमा देखिएका छन् । आरके इन्टरटेन्टमेटले आयोजना गरेको प्रतिभा सम्मान तथा साँस्कृतिक कार्यक्रममा चलचित्र जगतका धेरै सहकर्मीहरु सँगै एउटै मञ्चमा सम्मानित भएका थिए ।
सबैलाई महानायक राजेश हमाल र संस्कृति मन्त्री पार्वत गुरुङले माला ढोसल्ला र सम्मानपत्र दिएर सम्मान गरेका थिए । जुन क्रममा नायीका करिश्मा मानान्धर महा नायीका घोषित भएका थिए । उनलाई महानायीकाको पदवीबाट सस्ंकृति मन्त्री पार्वत गुरुङले सम्मान गरेका थिए ।
सम्मान पछि उनले मन्तव्य राख्दै हरेक कला प्रतिभाको सम्मान गरेकोमा आयोजक टिमलाइै धन्यबाद दिएकी थिइन् । महानायीकाको पदवीबाट आफु सम्मानीत भएकोमा ज्यादै खुशी लागेको पनि बताइन् ।
कार्यक्रममा चलचित्र निर्माता नीर शाह,उज्यो अभियन्ता कुलमान घिसिङ,डा.भोला रिजाल लगायतका विशिष्ट व्यक्तिहरु उपस्थित रहेका थिए । उनीहरु सम्मानित भएका छन् ।