नेपाली काँग्रेसका शुभेच्छुक संस्थाद्वा शनिबार संसद बिघटनको बिरोधमा प्रर्शन हुने
२४,माघ–काठमाण्डौं । नेपाली काँग्रेसका शुभेच्छुक संस्थाले आज शनिबार संसद बिघटनको बिरोधमा प्रर्शन गर्ने भएको छ । माघ १३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्धको तेस्रो चरणको आन्दोलनमा भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै नेपाली काँग्रेसले फेरि तेस्रो चरण अन्र्तगत आन्दोलन गर्ने जनाएको छ । मातृ पार्टीको सोही निर्देशन अनुसार १८ शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गर्न लागेका हुन् । भ्रातृ संस्थाका केन्द्रीय कार्यसमितिहरुले विरोध प्रदर्शनमा आउँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न मातहतलाई निर्देशन दिएका छन् ।
सोहीअनुसार शनिबार शुभेच्छुक संस्थाहरुलाई ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेका हुन् । काँग्रेसले जिल्ला कार्यसमितिहरुलाई फागुन ३ गते जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन र सभा आयोजना गर्न भनेको छ । यसअघि मातृ पार्टीको निर्देशनअनुसार १३ भ्रातृ संगठनहरु माघ १९ गते देशभर प्रदर्शन गरेका थिए ।
यस्तै, प्रतिनिधिसभा विघटनको विरोधमा दोस्रो चरणमा पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ मा पालिका र माघ ८ मा वडास्तरीय प्रदर्शन गरेका थियो । पहिलो चरणमा पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्रमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको थियो । काँग्रेसले संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावाद उन्मुख सरकारको प्रवृत्ति विरुद्ध थप संघर्ष पनि जारी रहने बताएको छ ।