तीन लाख जनता सडकमा उतार्ने ओलीको बाचा अँधुरो
२३,माघ–काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटि अगाडी आयोजित कार्यक्रममा तीन लाख जनता उतार्ने बाचा गरेका थिए । तर त्यो बाचा नारामा नै सीमित भएको देखिए । अरु बेलाको जनसहभागीता भन्दा धेरै संख्या भएपछि खाशै तीन लाख जनसहभागीता भएको महशुस भएन ।
यो भन्दा अगाडी प्रचण्ड माधवले भृकुटी मण्डपमा पचास लाख जनता सडकमा उतार्ने भनेको नारा र आज ओलीले तीन लाख जनता उतार्ने भनेको संख्या करिब उस्तै उस्तै देखियो ।
नारायणहिटिको मुलगेट अगाडी स्टेज बनाएर ठमेल चोक साइडको सडक,नकसाल साइडको सडक र रत्नपार्क साइडको सडक गरि तीनकुने आकारमा राखिएको कार्यकर्ता तथा
जनसहभागीता करिब १० देखि १५ हजारको हाराहारिमा मात्र देखिए । यो सँगै ओलीको तीन लाख जनता सडकमा उतार्ने बाचा पुरा नभएको प्रस्टै बुझिन्छ ।