Logo

सत्ता पक्ष केपी ओली समूहको नारायणहिटी अगाडी शक्ति प्रर्दशन गर्ने तयारी पुरा


 

२३,माघ–काठमाण्डौं । अहिले सत्तापक्ष र सत्ताबाहिर रहेको दुवैको सडकमा शक्ति प्रर्शन गर्ने होटबाजी नै चलेको छ । प्रचण्ड माधव समूहले दुई दुई पटक सम्म सडकमा शक्ति प्रर्दशन गराई सकेपछि सत्तापक्ष प्रधानमन्त्री ओली समेत शक्ति प्रर्दशनमा जुर्मुराएका छन् ।

ओली आज पूर्व तयारीका साथ नारायणहिटी दरबारमार्गमा शक्ति पर्दशन तथा आमसभा गर्दै छ । जसको बिहिबारबाट नै पुरा तयारी गरि सकेको छ । यो समूहले शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौं उतार्दै छ ।

सभालाई कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्री र नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रमको प्रचारका लागि युवा संगठनले बिहीबार साँझ काठमाडौंमा मार्चपाससमेत गरेको थियो ।

अहिले नारायणहिटी अगाडीको रेलिङ सबै हटाएर सडक पुरै खाली गरिएको छ । काठमाडौंमा जम्मा भएका कार्यकर्ताहरु विभिन्न १३ ठाउँबाट प्रदर्शनसहित निस्किनेछन् ।  त्यसपछि मध्याह्न १२ बजे नारायणहिटीमा आमसभा हुनेछ । आजको सभामा ३ लाख कार्यकर्ता उतार्ने यो समूहले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्