सुर्खेतमा मोटरसाईकलको ठक्करबाट एक बालक गम्भिर घाइते
२२,माघ काठमाण्डौं । सुर्खेतमा मोटरसाईकलको ठक्करबाट एक बालक गम्भिर घाइते भएका छन् । वीरेन्द्रनगरस्थित मंगलगडी चौकमा प्रदेश नम्बर ०३–०२–११ प ७७८५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अन्दाजी १० वर्षीय बालक घाइते भएका हुन् ।
एक दिने बन्दको क्रममा प्रचण्ड(माधव समूहले गरेको प्रदर्शनमा आन्दोलनकारीलाई देखेर भाग्ने क्रममा उक्त मोटरसाइकलले बालकलाई ठक्कर दिएको थियो । घाइते बालकको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बन्दको अवज्ञा गरी मोटरसाइकल चलाएका व्यक्ति आन्दोलनकारीबाट भाग्न खोज्दा बालकलाई ठक्कर दिएको हो ।