प्रहरीसँगको झडपमा प्रदर्शनकारी तथा प्रहरी घाईते
२२,माघ काठमाण्डौं । जनकपुरमा प्रहरी र प्रर्दशनकारी बीच भएको झपमा दुवै पक्षतर्फ घाईते भएका छन् । पूर्व मन्त्रीहरु मातृका यादव र रामचन्द्र झा प्रहरीसँगको झडपका क्रममा घाइते भएका हुन् । नेपाल कम्यूष्टि पार्टीले नेकपाले गरेको आमहड्ताल सफल बनाउने क्रममा प्रहरीले बल प्रयोग गरेका थिए ।
सोही क्रममा बल प्रतिकार गर्ने क्रममा दुवैतर्फ घाइते भएका छन् । प्रहरीतर्फ जवान लालबाबु राय घाइते भएका छन् । प्रहरीले बन्द खुलाउन खोज्दा आन्दोलनकारीको नेतृत्व गरिरहेका नेकपा प्रचण्ड नेपाल समूहका स्थायी कमिटी सदस्य मातृका यादव र केन्द्रीय सदस्य रामचन्द्र झासहितको नेता कार्यकर्ता प्रतिकारमा उत्रिएका थिए ।
त्यसक्रममा एक दर्जन आन्दोलनकारी घाइते भए । झाको टाउकोमा चोट लागेको छ । झडपमा अश्रु ग्याँस र गोली समेत चलेको बताइएको छ । झडपका क्रममा सहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया, प्रदीप साह, कारी यादव घाइते भएका छन् ।