नेपाली बजारमा आज सुनको भाउ ओरालो, प्रतितोला ९ सयले घटयो

२२,माघ काठमाण्डौं । नेपाली बजारमा आज सुनको भाउ ओरालो लागेको छ । प्रतिटोला रु ९ सयले घटेर आज छापावाल सुनको मूल्य ९१ हजार १०० सयमा कारोबार भइ रहेको छ ।
हिजो रु ९२ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतिटोला रु ९ सयले घटेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
बुधवार तेजाबी सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा खरिद बिक्रि भएको थियो । बिहीबार चाँदीको मुल्यपनि २० रुपैयाँले घटेको छ । बुधवार तोलामा १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय रुपैयाँमा खरीदविक्रि भैरहेको महासंघले जनाएको छ ।