Logo

श्रीमानलाई छोडेर भागेकी महिलाको आँखामा अहिले पीडा र पछुतोको आँशु


२२,माघ काठमाण्डौं । तनहँुमा एक श्रीमान र सानी छोरीलाई छोडेर गएकी महिलाको आँखामा अहिले पीडा र पछुतोको आँशु बग्न थालेको छ । उनले अनेक प्रलोभन र मीठो सम्मानित शब्दको पछि लागेर घरपरिवार त्यागेका थिए । अहिले दुःख पाएपछि उनले आफ्नो पूर्व घरपरिवार सम्झेका छन् । उनी श्रीमानको घरवाट हराएको एक महिना पछि काठमाडौको होटलमा अर्का एक पुरुषसंग फेला परेकी थिइन् ।अहिले उनले पछुतोको आँशु झारेकी छन् ।

उनले आफु ठूलो संकटवाट जोगिएको भनेकी छन् । उनले यसरी आफ्नो खोजी गरेर फेला नपारेको भए आफु यो संसारमै रहन्थीन होला उनले भनिन् । तनहँुमा राहुल गुरुङसँग विवाह गरि घरजम गरेर उनी बसेकी हुन् । तर सानो प्रलोभनको भरमा घर छोडेर हिडेकी राहुलको श्रीमती जनकपुरका नारायण यादवसंग काठमाडौमा भेटिएकी थिइन् । नारायणसंग सामाजिक सञ्जाल मार्फत कुराकानी भएको उनले बताइन् ।

उनले नारायणले आफुलाई निकै सम्मान दिएर बोल्ने भएकाले उसको ब्यवहारवाट प्रभावित भएको बताएकी छन् । त्यही क्रममा कुराकानी गर्दै जादा नारायणसँग प्रेम बसेको बताइन् । नारायणले आफुलाई अविवाहित हो भनेर भनेका थिए । आफ्नो परिवारमा एक जना भाइ वाहेक कोही छैन भनेर फसाएको उनले सुनाइन् ।

उसको कुरा र ब्यवहारले आफु लठ्ठ परे पछि घर छोड्न बाध्य भएको उनले बताइन् । नारायणले बोलाएकै कारण आफु भेट्न काठमाडौ आएको बताइन् ।अहिले केही समय ती स्मीता जनकपुरको नारायण यादवसंग काठमाडौको गौशाला स्थित एक होटलमा करिब एक महिना देखि बस्दै आएको पत्ता लागेको हो ।

प्रतिक्रिया दिनुहोस्