Logo

बिराटनगरमा पनि बन्दको प्रभाव,सडक पुरै खाली


२२,माघ काठमाण्डौं । बिराटनगरमा पनि दाहाल नेपाल नेकपा पक्षले घोषणा गरेको बन्दको प्रभाव परेको छ। सबै सडक तथा सपल बन्द भएका छन् । लामो तथा छोटो दुरीको यातायात चल्न सकेका छैनन्। यातायात व्यवसायी तथा मजदुरका अनुसार बन्दका कारण बुधबारबाटै यात्रुको चाप घटेको छ।

नेपाल यातायात मजदुर संघ मोरंगका अध्यक्ष बाबुराम कट्टेलले दैनिक काठमाडौंका लागि छुट्ने बसहरु ग्यारेजमा थन्किएको बताए। विराटनगरबाट दैनिक कम्तीमा ६ वटा माइक्रो र ८ वटा ठूलो बस काठमाडौंका लागि जाने भए पनि नेकपाको बन्दका कारण सबै गाडी बसपार्क र ग्यारेजमा थन्किएको उनले बताए।

सवारीका साधन बसपार्कभित्र थन्किएका छन् भने, न्यून संख्यामा नगर भित्र कुद्ने सिटी सफरी लगायत सडकमा देखिएका छन्। प्रदेश नम्बर १ का प्रहरी कार्यालय विराटनगरले बन्दका क्रममा अप्रिय घटना भने कुनै पनि नभएको जनाएको छ। विगतका दिनको तुलनामा अवस्था सामान्य नभएको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विपिन रेग्मीले जानकारी गराए ।

प्रवक्ता रेग्मीका अनुसार प्रदेशका विभिन्न १४ जिल्लामा बन्दलाई लिएर सुरक्षा अवस्था कडा बनाइएको छ। यसक्रममा अवान्छनीय गतिवीधि गर्नेलाई नियन्त्रणमा लिएर कार्वाहीको दायरामा लिइने प्रवक्ता रेग्मीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्