बन्दलाई प्रभावकारी बनाउ प्रचण्ड आफैपनि सडकमा,फागुण पहिलो साताबाट संयुक्त आन्दोलन हुने खुलासा

२२,माघ काठमाण्डौं । प्रचण्डले फागुण पहिलो साताबाट संयुक्त आन्दोलन तयारी भइ रहको खुलाशा गरेका छन् । बन्दलाई प्रभावकारी बनाउन उनी आफैपनि सडकमा निस्किएका छन् । सातदोवाटो चोकमा पुगेर उनले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् ।
संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आहृवान गरेको आमहड्तालका क्रममा प्रचण्ड सातदोबाटो चोक पुगेका हुन् । सो क्रममा उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो कुरा बताएका हुन् । प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको बताए ।
सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको उनले बताए । संसद विघटन र संवैधानिक निकायमा भएको नियुक्तिको सबैले विरोध गरेको भन्दै
प्रचण्डले अब अझ सशक्त आन्दोलन हुने बताए । उनले पक्षसँग कुरा भइ रहेको पनि जानकारी गराए । सम्भवत फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुन्छ र त्यसले सबै लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातिलाई बढार्छ भन्ने प्रचण्डको तर्क थियो ।