Logo

नेतृअष्ठलक्ष्मी शाक्य सहित बिहानै कलंकीबाट आधा दर्जन बढी नेता तथा कार्यकर्ता पक्राउ


२२,माघ काठमाण्डौं । बन्द सफल पार्न सडकमा निस्किएका नेतृअष्ठलक्ष्मी शाक्य सहित नेता तथा कार्यकता पक्राउ परेका छन् । उनीहरु बिहानै काठमाण्डौंको कलंकीबाट पक्राउ परेका छन् ।

आज आमहड्ताल गरेको समूहका आधा दर्जन नेता कार्यकर्तासहित प्रहरीले शाक्यलाई नियन्त्रणमा लिएको हो । संवैधानिक विभिन्न निकायहरुमा बुधबार सरकारले ३२ जना पदाधिकारीहरु नियुक्ति दिएपछि प्रण्ड माधव समहुले बन्दको घोषणा गरेका थिए ।

जुन हड्ताल सफल बनाउन शाक्यसहितका नेता(कार्यकर्ताहरु सडकमा आएकाबेला पक्राउ परेका हुन् । प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ ।

बिहान सामाखसुसीबाट पनि केही युवा पक्राउ परेका छन् । आफ्ना नेता कार्यकता पक्राउ पर्न थालेपछि अहिले ठूलो संख्यामा प्रचण्ड माधव समुह पर्दशन सहित सडकमा निस्किएका छन् । सडकमा प्रहरी पनि ठूलो संख्यामा परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्