Logo

बन्दको बिहानै नेता तथा कार्यकर्ता पक्राउ पर्न थालेपछि ठूलो संख्यामा प्रचण्ड माधव समुह सडकमा निस्किए


२२,माघ काठमाण्डौं । प्रचण्ड माधव समुहले घोषणा बन्दको दिन बिहानै नेता तथा कार्यकर्ता पक्राउ पर्न थालेपछि ठूलो संख्यामा प्रचण्ड माधव समुह सडकमा निस्किएका छन् । उनीहरुले कुनै पनि हालतमा बन्द सफलपार्न समेत अठोट गरेका छन् ।

बिहानैदेखि सडकमा निस्किएका केही नेता(कार्यकर्तालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि अहिले ठूलो संख्यामा नेता(कार्यकर्ता प्रदर्शनसहित सडकमा निस्किएका हुन् ।

बन्द गराउन रत्नपार्कबाट नेता(कार्यकर्ताको जुलुस नै निस्केको छ । अन्य चोक र सडकमा पनि कार्यकर्ताहरु निस्किएका छन् । बिहानै कलंकीबाट नेतृ अष्टलक्ष्मी शाक्यसहितका नेता(कार्यकर्ता भने पक्राउ परिसकेका छन् ।

बन्दको घोषणा लगतै गृहमन्त्रालले विज्ञाप्ती निकाल्दै जबरजस्ती बन्द गराउन खोजनेलाई कानुन बमोजिम कारबाही गर्ने जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्