गोंगबुमा एक टयाक्सीमाथी बिहानै तोड्फोड तथा आगजनी

२२,माघ काठमाण्डौं । काठमाण्डौैंको गोंगबु स्थित एका बिहानै एक टयाक्सीमाथी तोड्फोड तथा आगजनी भएको छ । अज्ञात समूहले टयाक्सीमा आगजनी गराएको प्रहरीले जनाएको छ । टयाक्सी पुर्ण रुपमा जलेर ध्वस्त भएको छ ।
प्रहरीका अनुसार अज्ञात समुहले प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो । नेकपा प्रचण्ड–नेपाल पक्षले घोषणा गरेको देशव्यापी आमहड्तालको बिहानै ट्याक्सी आजगनी भएको छ ।
बिहीबार बिहानै काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको प्रहरीले जनाएको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेका थिए । घट्ना राउने उनीहरुको समूह माथी नै संका गरिएको छ ।