प्रचण्ड माधव समूहले नेपाल बन्द गर्ने घोषणा गरेपछि गृहमन्त्रालयको यस्तो तयारी,हेर्नुस् विज्ञाप्ती पत्रसहित
२१,माघ–काठमाण्डौं । प्रचण्ड माधव समूहले माघ २२ गते नेपाल बन्द गर्ने घोषणा गरेपछि गृह मन्त्रालयले छुट्टै तयारी गरेको छ । मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै कुनै पनि पसल,उद्योग व्यावसाय,सरकारी कार्यलय,विद्यालय सबै खुल्ला रहने उल्लेख गरेको छ । यसको लागि बाग्लो रुपमा सुरक्षा परिचालन गर्ने समेत मन्त्रालयले जनाएको छ ।
कसैले कुनै गाडी,पसल तोडुफोड गरेमा कानुन बमोजिम कारबाही गर्ने पनि मन्त्रालयले जनाएको छ । उता प्रचण्ड माधव पक्षले विहानैदेखि हरेक चोक चोकमा नेता तथा कार्यकर्ता परिचालन गर्ने जनाई सकेका छन् । ओलीको प्रतिबाद र निरंकुशको विरुद्धमा आम हड्ताल गर्न लागेको पनि उनीहरुले जनाएका छन् ।
तर गृहले आमहड्ताल बन्दमा सबै सेवा निर्बाध रूपमा सञ्चालन गर्न आग्रह गरेको छ । गृह मन्त्रालयले दैनिक रूपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा निकायबाट सुरक्षा व्यवस्था मिलाइएको भन्दै यातायात व्यवसायीलगायत सबै उद्यमी व्यवसायीलाई निर्धक्क भएर आफ्नो व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बुधवार जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका अवाञ्छित गतिविधि गरिएको पाइए कानून बमोजिम कारबाही हुने स्पष्ट पारे ।