Logo

नेपाल बन्दको पूर्व सन्ध्यामा जनताले के बिगारेको छ र भन्दै ओलीको प्रश्न


२१,माघ–काठमाण्डौं । प्रचण्ड माधव समूहले २२ गते नेपाल बन्दको घोषणा गरेसँगै ओलीले प्रश्न गरेका छन् । उनी आफैले गरेको गल्तिको बिरोधमा प्रचण्ड माधव समूहले आम हड्तालको घोषणा गरेपछि जनताले काम बिगारेको जस्तै गरि जनतामाथी दोष ओलीले लगाएका छन् । बरु उनले प्रधानमन्त्रीले के बिगारेको छ र ? भनेर प्रश्न गरेको भए सुहाउथ्यो एक व्यक्तिले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले के बिगारेका थिए र ‘नेपाल बन्दको आयोजना गरेको भनेर बन्दकर्तालाई प्रश्न सोधेका छन् । नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै ओलीले “जनताले के बिगार गरेका थिए र नेपाल बन्द गरेर जनतालाई किन दुःख दिनुपर्यो रु भनेर प्रश्न गरेका थिए ।

उनले जनताले बन्द नभई निर्वाचन चाहेको बताए “बन्द भनेपछि हिँडडुल गर्न पाइएन । केही किन्न जान पाइएन । पढ्न जान पाइएन । जनताले बन्द चाहेका छैनन्, जनताले निर्वाचन चाहेका छन्”, उनले भने । उनले कम्युनिष्ट पार्टीको सरकार ढाल्ने, पार्टी फुटाउने र धुलो पार्न खोज्ने, कम्युनिष्ट पार्टीको बदनाम गर्न खोज्नेले कम्युनिष्ट क्रान्तिकारीको गफ दिएको आरोप लगाए ।

उनले अब सबै एकताबद्ध सही निर्णयका साथ गतिका साथ अगाडि बढ्ने र समृद्ध नेपाल, र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने बताए । प्रधानमन्त्री ओलीले जनताले आफूहरुलाई मतदान गर्ने भएकाले नेकपाको बहुमत आउने दाबी गरे ।

 

प्रतिक्रिया दिनुहोस्