Logo

अख्तियारको प्रमुखमा प्रेमकुमार राईको प्रबेशले खैलाबैला,राईको नियुक्तिले के बैधानिकता पाउलान त ?


२२,माघ–काठमाण्डौं । संवैधानिक परिषदको निर्णय अनुसार बुधबार प्रेम कुमार राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्ति भएका छन् । उनको प्रवेशले अख्तियारमा खैलाबैला भएका छन् । सपथ ग्रहण पश्चात आजै राईले पदभार सम्हालेका छन् । तर यता प्रचण्ड माधव समूहले उनी लगायत आज नियुक्ति गरिएका सबैलाई नै अवैधानि र असंवैधानिक भनेका छन् ।

६ जना परिषदको सदस्य भएकोमा सबैको उपस्थितिबीना निर्णय गरिएको भन्दै प्रचण्ड माधव समूहले आज चक्का जाम र मसाल जुलुस समेत गरेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आजको सबैको नियुक्ति अवैधानिक भन्दै रिट दायर गरेका हुन् । उनले आज नियुक्ति पाएका सबैलाई काम गर्न नदिनु भनी सर्वोच्चमा निवेदन पेश गरेका छन् ।

यता राई प्रमुख आयुक्त बन्ने र आज शपथ ग्रहण गर्ने निश्चित भएपछि हिजैदेखि अख्तियारका पदाधिकारीहरुमा हल्लाखल्ला सुरु भएको थियो । राई अख्तियारमा प्रमुख भएर आए लगतै आयोगका कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशी र आयुक्त सावित्री थापा गुरुङले पदबाट राजिनामा दिएका छन् ।

आफूहरू अख्तियारको आयुक्त हुँदा आफूहरुको मातहतमा अख्तियारको सचिवको हैसियतले काम गरेका व्यक्ति नै प्रमुख आयुक्तमा नियुक्त भएर आउने भएपछि उनीहरूले बुधबार राजीनामा दिएका हुन् । अर्कोतिर प्रेम कुमार राई आफै घुस काण्डमा मुछिएको आरोप पनि लागेको छ । प्रचण्डा माधव समूहले यसको कडा बिरोध र संघर्ष गर्ने जनाइ सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्