प्रचण्ड माधव समूहद्वारा बुधबार साँझ बृहत मसाल जुलुस्
२२,माघ–काठमाण्डौं । प्रचण्ड माधव समूहद्वारा बुधबार साँझ बृहत मसाल जुलुुस् निकालिएको छ । संवैधानिक प्रमुख निकायहरुमा बुधबार नियुक्ति तथा गोपनीयताको सपथ खुवाएपछि प्रचण्ड माधव समूहले पत्रकार सम्मेलन गरि आम हडतालको घोषणा समेत गरेका थिए ।
त्यो लगतै आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले मसाल जुलुस निकालेका छन् । बागबजारमा नेकपाका कार्यकताहरुले मसाल जुलुस निकालेका हुन् ।
सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै प्रचण्ड माधव पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । उनीहरुले ६ जना सदस्यहरु रहको परिषदमा ३ जना मात्र बसेर गरेको निर्णय अवैधानिक भनेका छन् ।