Logo

विभिन्न संवैधानिक निकायमा नियुक्ति भएकै दिन सबै पदाधिकारीहरुलाई काम गर्न रोक


२२,माघ–काठमाण्डौं । विभिन्न संवैधानिक निकायमा नियुक्ति भएकै दिन विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । बुधबार बिहान संवैधानिक निकायका बिभिन्न पदाधिकारीहरुलाई गोपनियताको सपथ ग्रहण गराएका थिए ।

जुन एक २४ घण्टा पनि नबित्दै सपथ लिएका संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई कामकाज गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् । यसको बिरोध स्वरुप प्रचण्ड माधव पक्षले पनि बुधबार दिउसो नै पत्रकार सम्मेलन गर्दैै आम हड्ताल सहितको कठोर कदम चाल्ने निर्णय गरिसकेका छन् ।

२०७७ मंसिर ३० गतेको संवैधानिक परिषद्को निर्णय प्रतिषेधको आदेशद्वारा कार्यान्वयन नगर्नु’ त्रिपाठीले रिटमा आदेश माग गरेका छन् । सो मितिको सिफारिस एवं निर्णयको आधारमा संवैधानिक आयोगमा नियुक्त, सपथ ग्रहण तथा पदभार ग्रहण गरी कुनै कार्य नगर्नु नगराउनु । सरकारले ल्याएको अध्यादेशले संविधानको धारा २, ८३, २८४ र २९२ को बर्खिलाप भएको रिटमा उल्लेख छ ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश नै संविधान विपरीत रहेको, परिषदका ६ मध्ये तीन जना बसेर निर्णय गर्न नमिल्ने र संसदीय सुनुवाइबिनै ती आयोगहरूमा नियुक्तिको परिकल्पना संविधानले नगरेको त्रिपाठीको भनाइ छ । ओलीले पेलेरै सबै कुरा अगाडी बढाएको प्रचण्ड माधव पक्षले आरोप समेत लगााएका छन् ।

प्रतिक्रिया दिनुहोस्