प्रचण्ड माधव समूका नेत्री राम कुमारी झाक्रीको अभिव्यक्ति सामाजिक सञ्जालमा भाईरल,उनलाई पक्राउ गर्न आदेश

२२,माघ–काठमाण्डौं । आज एक कार्यक्रममा प्रचण्ड माधव समूहका नेत्री राम कुमारी झाक्रीले दिएको अभिव्यक्ति यतिखेर सामाजिक सञ्जालभरि भाईरल भएको छ । उनले राष्ट्रपति र प्रधानमन्त्रीले संविधालाई कागजको खोस्टो बनाएको भन्ने अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिलाई खण्डन गर्दै आराजक र अपराधिक अभिव्यक्ति दिएको भन्दै उनलाई पक्राउ गर्न ओली समूहका अखिल नेपाल महिला ९अनेम० संघले माग गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई भेटेर अनेम संघले राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध अनुशासनहीन अभिव्यक्ति दिनेहरुलाई कानुनी कारबाहीमा ल्याउन माग गरेको छ । विशेषगरी राष्ट्रपति विद्या भण्डारीसँग जोडेर अभिव्यक्ति दिने रामकुमारी झाँक्रीलाई पक्राउ गरी कानुनी कारबाही चलाउन माग गरिएको छ ।
‘एकल महिला भएकै कारण जुनखालको अपमानजनक ढंगले अभिव्यक्ति आयो, त्यो निन्दनीय छ । त्यसको प्रतिवाद गरेका छौं’, ज्ञापनपत्र बुझाएपछि नेतृ सुजिता शाक्यले भनिन् । राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर अराजक अभिव्यक्ति दिने रामकुमारी बाहेक अरुलाई पनि फौजदारी ऐन अन्तर्गत कारबाही गर्न माग गरिएको शाक्यले बताइन् ।
रामकुमारीको अभिव्यक्ति भने राष्ट्रकै कलंकका रुपमा आएको उनले बताइन् । ‘जुन अभिव्यक्तिहरु आयो । त्यसको विरुद्धमा कार्बाही हुनुपर्छ । कानुनअनुसार कार्बाहीको दायरामा ल्याइनुपर्छ’, शाक्यले भनिन् ।