Logo

भोली माघ २२ गने प्रचण्ड माधव समूहद्वारा देश व्यापी आम हडताल घोषणा


२२,माघ–काठमाण्डौं । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका प्रचण्ड र माधव पक्षले भोली माघ २२ गने देश व्यापी रुपमा आम हड्तालको घोषणा गरेका छन् । दाहाल(नेपाल समूहले संवैधानि अंगहरुको नियुक्तिलाई ज्यादतीपूर्ण निरंकुश कदम भन्दै भोली २२ गते आम हड्तालको घोषणा गरेका हुन् ।

आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले ‘प्रतिगामी षड्यन्त्रको कडी’ भन्दै भोलि विरोधस्वरुप आमहड्तालको आव्हान समेत गरेका छन् । विज्ञप्तिमार्फत् नेकपा स्थायी कमिटी सदस्य पम्फा भुषालले भनेका छन्,

‘नेकपा असंवैधानिक रुपमा बलजफ्ती गरिएको संवैधानिक अंगहरुका पदाधिकारी र सदस्यहरुको नियुक्तिको ज्यादतीपूर्ण निरंकुश कदमको विरोधमा भोलि देशव्यापी आमहड्तालको आव्हान गर्दछ ।

नेकपा दाहाल(नेपाल समूहले नियुक्ति र सपथलाई बलमिच्याई समेत भनेको छ । आज बिहान संवैधानिक अंगहरुमा नियुक्ति र सपथ भएको छ । ३८ जनाले सपथ लिई पदभार ग्रहण समेत गरेका छन् । यसको बिरोधमा फेरि प्रचण्ड माधव समुह आक्रोस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्