Logo

ओलीद्वारा जबरजस्ती संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण,सभामुख र उपराष्ट्रपतीद्वारा बहिष्कार


२१,माघ–काठमाण्डौैं । प्रधामन्त्री केपी शर्मा ओलीले बुधबार बिहान जबरजस्ती संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण गराएका छन् । कानूनी र राजनीतिक विवादका बीच भएको संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह उपराष्ट्रपति र सभामुखले भने बहिस्कार गरेका छन् ।

राष्ट्रिपति कार्यालय शीतल निवासमा भएको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका हुन् । संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्ति पत्र सभामुख सापकोटाले फिर्ता पठाए पछि ओलीले असन्तुष्ट जनाएका थिए ।

त्यसपछि ओलीले तत्काल बिहिबार परिषदको बैठक बोलाएका थिए । तर प्रधानन्यधिश चोलेन्द्र शम्शेर राणाले असहमति जनाए पछि बैठक स्थगित भएको थियो । फेरि आज बुधबार बिहान सर्वोच्चको मुद्दालाई पनि थाती राखेर हतार हतार नयाँ पदाधिकारीहरुलाई ओलीले सपथ गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्