Logo

अविवाहित पुरुष र महिलालाई मासिक ५०० सय दिने निर्णय


२०,माघ–काठमाण्डौं । दैलेखको डुङ्गेश्वर गाउँपालिकामा अविवाहित महिला तथा एकल पुरुषले मासिब ५०० सय भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटक(पटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६र७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको गरिएको थियो ।

त्यो बजेटबाट अब एकल तथा अविवाहित महिला पूरुष दुवैले मासिक पाँच सय भत्ता पाउने भएको छ । गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन्। उनीहरुलाई मासिक ५०० रुपैयाँ भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई माघदेखि भत्ता दिने निर्णय गरेको अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिए। भत्ता ६र६ महिनामा वितरण गरिनेछ’ अध्यक्षले भने।

त्यसैगरी विवाह नगरि बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको अध्यक्ष मल्लले बताए। तर महिलाको उमेर हदबारे भने छलफल भइरहेको र एकल पुरुष र अविवाहित महिलाहरूको लगत सङ्कलन गर्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्