चर्चित गायिका अञ्जु पन्तले पनि बिहे गर्ने पक्का,को हुन् त उहाकी सुहाउने जोडी ?
२०,माघ–काठमाण्डौं । लामो समयदेखि निरन्तर गित संगीतमा समय विताएकी अञ्जु पन्तले पनि यो बर्ष नै बिहे गर्ने भएको छ । एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेकी गायिका अञ्जु पन्त अहिले फेरि बिहेको तयारीमा जुटेकी छिन् । अघिल्लो श्रीमानबाट उनको एक छोरी पनि छन् । उनले इलाम स्थाई घर भएका थिर कोइरालासँग लगन गाँठो कस्ने भएकी हुन् ।
दुबैको परिवारमा बिहेको कुराकानी भैरहेपनि मिति भने तय भएको छैन । उनीहरु एक बर्षदेखि प्रेम सम्बन्धमा रहेको कुरा खुलेको छ । उनीहरुको बिहे बारे केहि समयदेखि संगीत बजारमा हल्ला फैलिएको थियो । यस बिषयमा अन्जु र थिर दुबैले आफुहरु प्रेम सम्बन्धमा रहेको स्विकार गरेका छन् । प्रेम सम्बन्ध केही समयदेखि रहेको भएपनि तत्काल बिहेको योजना नभएको थिरको भनाई थियो ।
तर बाहिरको हल्ला र मिडिया सामाजिक सञ्जालको दवाबले बिहे गर्न बाध्य पारेको उनको भनाई रहेको छ । तत्काल बिहे गर्ने, भव्य रुपमा गर्ने, लूगा नै सिउन दिएको भन्ने हल्लाहरु भने सबै गतल भएको पनि उनले प्रष्ट पारे । बिहेको कुरा भैरहेको छ । चाडै पनि हुनसक्छ, केही समय पनि लाग्न सक्छ भन्ने उनले आशय व्यक्त गरे ।
अर्को वर्षतिर गर्ने कि भन्ने सल्लाहा हुँदै थियो । तर, बजारमा हल्ला भएपछि दबाब भने भएको छ थिरले भने। उनीहरु दुवै जना ख्रिष्चियन हुन् । थिरसँगको एक अन्तरवार्ताको क्रममा अञ्जुको भेट भएको थियो । यसपछि, भने उनीहरु नजिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् ।