आगामी बिहिबारदेखि बदली भई हिमबाढी बर्षा हुने, सबैलाई सर्तक रहन मौसम विदको आग्रह

२०,माघ–काठमाण्डौं । आगामी बिहिबारदेखि बदली भई हिमबाढी बर्षा हुने भएको छ । तीन दिन लगातार हिमपात हुन सक्ने भन्दै सबैलाई सर्तक रहन मौसम विदले आग्रह गरेको छ । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा परिवर्तन हुने मौसमविद महाशाखाले अनुमान गरेको छ । अब यो मौसमी प्रणाली बाहिरिएपछि गर्मी सुरु हुने मौसमविदको भनाइ छ ।
मौसमविद शान्ति कँडेलले भनिन्, ‘मौसम हो अपडेट भइराख्नुपर्ने हुन्छ । तर अहिलेसम्मको परिस्थिति हेर्दा बिहीबारदेखि शनिबारसम्म मौसममा बदली हुने, वर्षा र हिमपात हुनेजस्तो देखिन्छ । यो सिस्टम गइसकेपछि तापक्रम वृद्धि हुँदै जान्छ । मौसममा बदली नेपालको पश्चिमी भागबाट सुरु हुने मौसमविद कँडेल बताउँछिन् ।
यो मौसमी प्रणाली रहुन्जेल अधिकतम तापक्रम घट्छ । तराईको हुस्सु कुहिरो पनि हट्छ । त्यसले गर्दा तराईमा बिहानीपख हुस्सु कुहिरो नलाग्दा केही राहत महसुस हुन्छ ।
तर पहाडी क्षेत्रहरुमा बदली भएर घाम नलाग्दा चिसो महसुस हुन्छ । तापक्रमको आधारमा न्यूनतम तापक्रम घट्ने खासै हुँदैन,’ मौसमविद कँडेलले भनिन् । घाम नलाग्दा दिउँसोमा अधिकतम तापक्रम घटे पनि बिहानमा कठ्यांग्रिने जस्तो जाडो अब नहुने मौसमविदको भनाइ छ ।
अनलाइन खबरबाट साभार