फेरि प्रचण्ड र माधव कुमार नेपाल निर्वाचन आयोगमा पुगे,के उनीहरुले सूर्य चिन्ह पाउलान र ?
२०,माघ–काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षदय प्रचण्ड र माधव कुमार नेपाल फेरि निर्वाचन आयोगमा पगेका छन् । सोमबारको पार्टी केन्द्रिय कमिटि बैठक अनुसार सूर्य चिन्ह दावी गर्न उनीहरु आयोग पुगेका हुन् । उनीहरुले आफू पक्षीय प्रभावशाली नेताहरु लिएर आयोग पुगेका हुन् ।
आयोगमा वर्षमान पुनः घनश्याम भुषाल, राजेन्द्र पाण्डेलगायत पुगेका छन । उनीहरु कार्यालय समय शुरु भएलगत्तै पुगेका हुन् । बहुमत केन्द्रीय सदस्य आफूहरुको पक्षमा रहेको भन्दै प्रचण्ड र नेपालले पार्टीको नाम र चिन्ह आफूहरुले पाउनुपर्ने माग राख्दै आएका छन् । आज पनि उनीहरु पार्टीको बहुमत पुग्ने दाबीको प्रमाणहरु सहित पुगेका हुन् ।
उनीहरुले दल र चुनाव चिन्हको दाबी पेश गरेका हुन् । पुस पाच गतेको प्रतिनिधि सभा विघटनले अहिले नेकपा दुई चिरा मात्र नभएर पार्टी नै तहसनहस भएको छ । प्रचण्ड माधव पक्ष र ओली पक्षले आफु आफुले आधिकारिक पार्टी दावी गर्दै आएका छन् ।