आगामी जनगणनामा सबै प्रश्नको उत्तर सोधिने

२०,माघ–काठमाण्डौं । यो बर्ष अर्थात आगामी २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने जनगणनामा सबै प्रश्नको उत्तर सोधिने भएको छ । यो पटकको जनगणना २०७८ साल जेष्ठ २५ गतेदेखि सुरु हुने भएको छ ।
विगत जस्तो नमुना प्रश्न उत्तरले यो पटकको जनगणना अमान्य हुने भएको छ । सबै घरका सबै परिवारलाई नै प्रश्न सोेधिने तयारी भएको छ । यसअघिका जनगणनामा भने केही प्रश्नहरू नमुनाका रूपमा सोधिन्थ्यो ।
२०७८ मा भने सबै प्रश्न सबै घरलाई सोध्न लागिएको हो । यस वर्ष नमुना छनोट विधि नगरी सबै प्रश्न सबै घरलाई सोध्न लागिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।