Logo

प्रचण्ड र माधव कुमार फेरि निर्वाचन आयोगमा जाने,पार्टीको आधिकारिकता र सूर्यचिन्ह दुवै दावी गर्ने निर्णय


१९,माघ–काठमाण्डौं । प्रचण्ड र माधव कुमार नेपाल फेरि निर्वाचन आयोगमा जाने भएको छ । उनीहरुले अब पार्टीको आधिकारिकता सूर्य चिन्ह दुवै दावी गर्ने निर्णय समेत सोमबारको बैठकबाट भएको जनाएका छन् । सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको हो । अनुशासनको कारबाही गर्दै ओलीलाई यो भन्दा अगाडी नै पार्टीको सदस्य र अध्यक्ष दुवै पदबाट हटाई सकेका छन् भने आजको बैठकबाट विष्णु पौडेललाई समेत पार्टीको महा सचिव पदबाट हटाएका छन् ।

दुबै समूहले राजनजीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए । तर ११ माघमा बसेको निर्वाचन आयोगको बैठकले दुबै पक्षका दाबी अस्वीकार गर्ने निर्णय गर्यो । पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष तथा ४४१ केन्द्रीय सदस्य रहेको पत्र दुबै पक्षलाई पठायो । सोमबार बसेको प्रचण्ड माधव समूहले त्यही पत्रलाई टेकेर दफा ४४ अनुसार जाने निर्णय गरेको हो । आफूहरुको दाबीलाई बैधानिकता नदिने आयोगको निर्णय मनासिव नदेखिएकोले, त्यसमा सन्तष्ट नभएको एक नेताले बताए ।

तर आयोगले उनीहरुको निर्णयअनुसार पदाधिकारीसम्बन्धी फेरबदल अस्वीकार गरेकाले अब दल विभाजनसम्बन्धी दफाअनुसार गएर भएपनि आधिकारिकता दाबी गर्ने निर्णय भएको पनि ति नेताको भनाई थियो । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ मा दलको पदाधिकारी वा केन्द्रीय समितिको आधिकारिता दाबी गर्न केन्द्रीय समितिको ४० प्रतिशतले विवाद प्रारम्भ भएको ३० दिनभित्र आयोगमा दाबी गर्नुपर्ने उल्लेख छ ।

आयोगलको माघ ११ को निर्णयअनुसार नै आधिकारिता दाबी गर्न लागिएकाले ३० दिने हदम्यादभित्र पर्ने दाबी प्रचण्ड–माधव समूहका नेताहरुको दाबी छ । यो दफाअनुसार अगाडि बढेमा आयोगले प्राप्त प्रमाणका आधारमा वा केन्द्रीय सदस्यहरुलाई आयोगमै बोलाएर जोसँग बहुमत छ, उसलाई यसअघिको दलको हैसियत दिनेछ भने अर्को पक्षलाई नयाँ दलका रुपमा मान्यता दिई दर्ता गर्न सक्नेछ । तर यसमा ओलीको पनि कस्तो तयारी छ भन्ने हेर्नै बाँकी छ

प्रतिक्रिया दिनुहोस्