ठगी गर्ने दर्ताबीनाको मेनपावर कम्पनीमा विभागको छापा,चरजना भारतीय पक्राउ
१९,माघ–काठमाण्डौं । टोखास्थित ठगी गर्ने दर्ताबीनाको मेनपावर कम्पनीमा बैदेशिक रोजगार विभागले छापा मारेको छ । विभागले एक सुचनाको आधारमा ट्रिपल स्टार इम्पोलोयमेन्ट प्रा.ली. नाम गरेको कम्पनीमा सोम्बार छापा मारेको हो । गणपति भन्ने म्यानपावरले क्यानडा पठाउने काम गरेको र अ’न्र्तवार्ता लिइरहेको भन्ने सूचना पाएपछि विभागले सोमबार अप्रेसन सुरु गरेको थियो । सोही क्रममा अबैध रुपमा कम्पनी सञ्चालन गरेर ठगी गरेको पाइए पछि चारजना भारतीय पक्राउ परेका छन् ।
भारतीय नागरिकले सञ्चालन गरेको गणपति नामको म्या’नपावर कम्पनी दर्ता नभएपछि ट्रि’पल स्टारसँग सहकार्य गरेको खुलेको छ । बैदेशिक रोजगार विभागका अनुसार भारतबाट आएको गिरोह नेपालमा सक्रिय भएको जानकारी पाएपछि खोजी खोजी गर्ने क्रममा भारतीयहरुले ट्रिपलसँग सहकार्य गरेको फेला परेको हो। भारतबाट आएका ४ जनाले अबैधरुपमा गणपति ह्याप्पी लाईफ प्रा।लि।को नाममा विल काटेर क्यानडा लैजाने भनि जनही ५ हजार भारु उठाइरहेको भन्ने सूचना प्राप्त भएपछि विभागले छापा मारेको हो।
त्यही क्रममा आधिकारिक प्रमाण जुटाउन नसकेपछि उनीहरु चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र एक पुरूष छन् ।भारतीय नागरिकहरुले आफू काम गर्ने कर्मचारी भएको र कुनै पनि पचिचयपत्र आफ्नो साथमा नभएको बताएका थिए। विभागका अनुसार उनीहरुमाथि थप अनुसन्धान भईरहको छ। विभागले उक्त ४ जना भारतीय नागरिक सहित कार्यालय प्रयोजनका ल्यापटप २ थान, बिलप्याड २ थान नियन्त्रणमा लिएको छ।
त्यस्तै गरि एमओयू पाना ५ थान, ट्रिपल स्टारको मार्केटिङ बुक १ थान, ठूलो बिलप्याड १ थान, कपिहरु १० थान, क्यानडाको अफर अफ इम्पोलायमेन्ट २ थान, राहदानी फोटोकपी सहितको फारम ६ थान, ठूलो सम्झौता पत्र १ थान, सर्टिफिकेट अफ रजिष्ट्रेसन ६ र प्लाष्टिकको फाइल १ थान नियन्त्रणमा लिएको छ।