Logo

नेपाली सेनाको वख्तरवन्द गाडीहरु चक्रपथमा परिक्रमा गर्ने क्रममा


१९,माघ–काठमाण्डौं । नेपाली सेनाको वख्तरवन्द गाडीहरुले अहिले राति चक्रपथ परिक्रमा गर्ने भएका छन् । वख्तरबन्द गाडीहरुले काठमाडौंको चक्रपथमा राति चक्कर लगाउने नेपाली सेनाको योजना अनुसार अहिले राती यात्रा सुरु हुने भएको छ ।

सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले गाडीहरुले माघ १९ को राति चक्रपथको चक्कर लगाउने जानकारी गराएका छन् ।

सेनाको नियमित अभ्यास गर्ने क्रममा यी गाडीले रात्रिकालिन समया चक्रपथ परिक्रमा गर्न लागेको सेनाले जनाएको छ । देशको पछिल्लो राजनीतिक संकटका कारण जनमानसमा भ्रम पैदा हुनसक्ने भन्दै सेनाले यसबारे अग्रिम जानकारी गराएको हो ।

यसलाई कसैले सेनाले राज्य कब्जा गर्न सक्ने आँकल गरेका छन् भने् नेपाली सेनाले आफ्नो नियमित अभ्यास मात्र भनेका छन् । सेनाको वख्तरवन्द १९ गते देशका विभिन्न स्थानहरुमा निकालिनेछन् ।

प्रमुख शहरहरुमा वख्तरवन्द निकालिने भएका हुन् । ८ वटै पृतना अन्तर्गतका मेकानाइज्ड युनिटहरुबाट वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्