पशुपतिनाथ मन्दिरको शि’वलि’ङ्ग र छानोमा सुनको जलहरी लगाउने सरकारको निर्णयप्रति बिबाद सुरु
१९,माघ–काठमाण्डौं । पशुपतिनाथ मन्दिरको शि’वलि’ङ्ग र छानोमा सुनको जलहरी लगाउने सरकारको निर्णयप्रति बिबाद सुरु भएको छ । मन्दिरको शि’वलि’ङ्गमा रहेको चाँदी ह’टाएर सुनको जलहरी राख्ने सरकारले तयारी गरेपछि वि’वाद बढेको छ । पुरानो जलहरीमा खि’या पनि लागिसकेकाले त्यसलाई नि’कालेर सुनको जलहरी राख्ने तयारी भएको भएको थियो ।
तर काम नै सुरु नगरी बिबाद हुन थालेको छ । यसरी जलहरी परिवर्तन गरिनु प्राचीन स्मा’रक ऐ’नका साथै शै’व द’र्शनविपरीत भएको पूजारीहरुको तर्क रहेको छ । स्मारकसम्बन्धी ऐ’नले नयाँ संरचना वा वस्तु थप्न नि’षेध गरेको भन्दै उनीहरुले बिरोध जनाउन थालेका छन् । सरकारले भने सुनको जलहरी राख्ने कार्य अघि बढाइसकेको छ ।
कोष सञ्चालक समितिको गत बुधबार बसेको बैठकले जलहरी राख्ने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकारका तर्फबाट ३० करोड रुपैयाँ उपलब्ध गराउने वचन दिएपछि सुनको जलहरी राख्ने कार्य अघि बढेको छ ।
तर मन्दिरका पुजारी, स्थानीय र सरोकारवाला व्यक्तिले भने सुनको जलहरी राख्न नदिने बताएका छन् । उनीहरुले ऐतिहासिक महत्त्वको मन्दिरको कुनै पनि वस्तु वा संरचना चलाउन नहुने अ’डान राख्दै आएका छन् ।