राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्बजनिक गर्ने

१९,माघ–काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्बजनिक गर्ने भएको छ । सबै प्राविधिक तयारीका साथ आज १२ को परिक्षाफल प्रकाशन गर्न तयारी भएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।
त्यसका लागि अहिले परीक्षा बोर्डको बैठक बसिरहेको छ । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो ।
रीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित हुने भएको छ ।