Logo

चिनले पनि नेपाललाई तीन लाख डोज खोप दिने तयारी


१८,माघ–काठमाण्डौं । भारत सरकारले केही दिन अगाडी दश लाख डोज खोप दिएलगतै फेरि चिनले पनि तीन डोज खोप उपलब्ध गराउने भएको छ । नेपालस्थित चिनियाँ दूतावसले नेपाललाई अनुदानमा ३ लाख डो’ज खोप उपलब्ध गराउने जानकारी दिएको छ । दूतावासले उक्त खोप एक लाख ५० हजार नेपालीलाई फाइदा पुर्याउने बताएको छ ।

चीनमा घरेलु हिसाबले र विश्वभर दुबै खोपको लागि ठूलो मागको बाबजुद चिनियाँ सरकारले खोप प्रदान गर्न नेपाललाई प्राथमिकता दिईरहेको दूतावासले जनाएको छ । नेपाल असल छिमेकी मित्र रहेको बताउँदै दूतावासले भूकम्प र महामारी जस्ता चुनौतीहरूको सामना गर्दै दुबै देशहरूले जहिले पनि एक अर्कालाई साथ र सहयोग गरेको स्मरण गरेको छ ।

अनुदानमा दिइएको खोप सिनोफर्मले विकास गरी सकेको दूतावासले जनाएको छ । उक्त खोपले चीनमा स्वीकृति पाइसकेको छ । दुई खुराक इनोकुलेसन प्रक्रिया पछि खोपले कोरोनावि’रुद्ध ७९/३४ प्रतिशत प्र’भावकारी छ । साथै एन्टिबडी विकसित गर्ने सेरोक्रोनस दर ९९/५२ प्रतिशत पुगेको छ ।

हालसम्म खोपले पाकिस्तान, युएई, इजिप्ट, हंगेरी जस्ता देशहरूमा आपतकालिन प्रयोगको लागि अनुमति पाइसकेको छ । चिनियाँ दूतावासले आपतकालीन प्रयोग र खोपको प्राप्तीको लागि दर्ता गर्ने सम्बन्धमा नेपाली अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ । यो खोप नेपालमा चाँडो भन्दा चाँडो नेपालमा पुरयाउन चाहेको पनि दूतावासले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्