भोली सोमबार प्रचण्ड र माधव कुमार पक्षको स्थायी कमिटी बैठक बस्ने

१८,माघ–काठमाण्डौं । प्रचण्ड माधव कुमार पक्षले सोमबार पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ । बैठकमा प्रतिनिधि सभा विघटन र बर्तमान राजनीतिक बिषमा नै केन्द्रित भएर छmलफल हुने बुझिएको छ ।
बैठक बिहान ११ बजे बबर महलस्थित कार्की पार्टी प्यालेसमा बोलाइएको पार्टी प्रभक्ता नारायण काजी श्रेष्ठले बताएका छन् । यसअघि पुस ७ र ९ गते सोही पार्टी प्यालेसमा यो पक्षको केन्द्रीय कमिटी बैठक बसेको थियो।
उक्त बैठकले ओलीलाई आफ्नो पार्टीको अध्यक्षबाट हटाएर रिक्त स्थानमा माधवकुमार नेपाललाई नियुक्त गरेको थियो। तर निर्वाचन आयोगले यो वैधानिक नभएको ठहर गरिसकेको छ।
पुस पाँच गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि निरन्तर सडकमा आन्दोलन गरि रहेका प्रचण्ड माधव पक्षले फेरि दोस्रो पटक केन्द्रिय कमिटी बैठक बालाइएको हो ।