Logo

माघ २३ गतेबाट झण्डै ३५ करोड बराबरको आईपीओ निष्काषनको तयारी,कति कित्ता सम्म भर्न पाइने ?


१८,माघ–काठमाण्डौं । आउँदो शुक्रवारदेखि झण्डै ३५ करोड बराबरको आईपीओ आउने भएको छ । ग्रीन लाइफ हाइड्रोपावर कम्पनीले ९माघ २३ गते० शुक्रबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता आईपिओ निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन हुने बताइएको छ । लगानी गर्न चाहानेले कम्तिमा १० कित्तादेखि एक लाख कित्ता सम्म आवेदन गर्न सकिने कम्पनीले जनाएको छ ।

यसको आवेदन मिति छिटोमा माघ २७ गतेसम्म र ढिलोमा फागुन ७ गतेसम्म रहनेछ । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेड लाई जिम्मा दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्