कोरोना भाइरसबिरुद्धको खोपले मानव स्वास्थ्यमा असर
१८,माघ–काठमाण्डौं । भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसबिरुद्धको खोपले मानव स्वास्थ्यमा प्रतिअसर देखापरेको छ । जुन खोल लगाएकाहरुले टाउको दुख्ने, ज्वरो आउने, चक्कर लाग्ने लगायतका समस्या देखापरेको बताएका छन् । गत बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले औपचारिकरुपमा उद्घाटन गरेपछि फ्रन्टलाइनमा खटिनेलाई खोप लगाउने कार्य शुरु गरिएको थियो ।
खोप लिएकी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकी प्याथालोजिस्ट डा.मोनी सुवेदीले खोप लगाएपछि ज्वारो आउने, थकान महसुस हुने र टाउको दुख्ने लगायतका समस्या देखिएको बताइन् । उनले ज्वरो र दुखाइ बढेपछि प्यारासिटामोल खाएपछि समस्या हटेको बताइन् । ‘खोप लगाएपछि ज्वरो बढ्ने, शरीर दुख्नेजस्ता समस्या देखिएपछि सिटामोल खाएँ, विस्तारै आराम भयो’ उनले भनिन्, ‘अहिले भने मलाई कुनै समस्या छैन । पूर्णरुपमा स्वस्थ छु ।
मेट्रोसिटी अस्पतालमा कार्यरत डा। अमृत पोखरेलले खोप लगाएको दिन र भोलिपल्ट शरीर दुख्ने, जाडो हुने, थकाइ लाग्नेलगायतका समस्या देखिएको बताए । ‘खोप लगाएको पहिलो र दोस्रो दिनमा स्वाथ्य समस्या देखिएपनि क्रमशः समस्या हट्दै गयो’ उनले भने, ‘खोप लगाएपछि सामान्य समस्या देखिएपनि ठुलो समस्या केही देखिएन । अहिले भने आफूमा कुनै समस्या नभएको उनले बताए ।
सेवा अस्पतालका फार्मेसी निर्देशक गोपाल अधिकारीले अस्पतालका ९० जना स्टाफहरुले कोभिसिल्ड पोख लगाएकोमा १४–१५ जनालाई मात्र सामान्य स्वास्थ्य समस्या देखिएको बताए । ‘हामीले ठुलो संख्यामा खोप लगाएपनि थोरैलाई मात्र केही समस्या देखियो,’ उनले भने, ‘समस्या देखिएका स्वास्थ्यकर्मीहरुमा पनि ठुलो समस्या छैन ।
सामान्यरुपमा शरीर दुख्ने, ज्वरो आउने र जाडो आउने जस्ता समस्या देखिएको छ । त्यसो त खोप स्वास्थ्यका लागि फाइदा की बेफाइदा भन्ने प्रश्न पनि उब्जिएको छ । अहिले अग्र भागमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,सामाजिक परिचालक लगायतलाई यो खोप लगाउन शूरु गरिएको छ ।