संवैधानिक परिषदको नियुक्ति सिफारिस पत्र सभामुख द्वाराफिर्ता (पत्रसहित)

१८,माघ–काठमाण्डौं । संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको विवादास्पद नियुक्ति को सिफारिस पत्रलाई सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाई दिएका छन् । ३० पुस गते बिहान परिषदको बैठक बसेको थियो । सो बैठकमा गणपुरक संख्या नपुगेपछि अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएपनि बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो ।
त्यही दिन साँझ बोलाइएको परिषदको बैठकमा सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएका थिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना मात्र सहभागी भएका थिए । बैठकपछि तिमल्सिनाले नियुक्ति सिफारिसबारे छलफल भएपनि कुनै निर्णय नभएको बताएका थिए ।
सो पत्र रिदपूर्वक नआएको र त्रुटीपूर्ण भएको भन्दै सावकोटाले फिर्ता पठाएका हुुन् । ५ पुसमा प्रतिनिधिसभा भंग गरेसँगै अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा नियुक्ति सिफारिस गरेको भन्दै संसद सचिवालयमा पत्र पुगेको थियो । तर आइतबार सभामुख सापकोटाले नियुक्ति सिफारिस संवैधानिक परिषद्मै फिर्ता पठाएका छन् ।
उनले संसदीय सुनुवाई गर्नसक्ने अवस्था नरहनुका साथै मुल ऐनको दफा ६ को उपदफा ९१० र ९२० बमोजिम बैठकबारे आफूलाई जानकारी नै नदिई बैठक बसेर निर्णय गरेको बताएका छन् । संवैधानिक परिषदले गरेको यो नियुक्ति सिफारिसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।