नायीका बर्षा सिवाकोटी र सबिन थापाबीचको लामो प्रेम सम्बन्ध ब्रेक भएकै हो त ?

१८,माघ–काठमाण्डौं । केही समयदेखि नायीका बर्षा सिवाकोटी र सबिन थापाबीच प्रेम सम्बन्ध हुदै आएको समाचार बाहिरिएको थियो । करिब एक बर्ष अघि अभिनेत्री बर्षा सिवाकाटी आफ्नो प्रेमी सबिन थापालाई भेट्न अमेरिका समेत गएका थिए ।
अहिले बर्षा नेपाल फर्किएसँगै उनीहरुबीचको प्रेम सम्बन्ध बिग्रिएको फेरि समाचार बाहिरिएको छ । लकडाउनको समयमा कोरोनाको पर्वाह नगरी अमेरिका पुगेकी बर्षाले खुलेरै सबिनसँग प्रेम रहेको जनाइन् । मिडियामा उनीहरु चाडैँनै विवाह बन्धनमा बाँधिन लागेको समचारपनि सार्वजनिक भयो ।
उता बर्षा र सबिनको प्रेम समाजिक सञ्जाल इन्टाग्रामको भित्ताभरी छरपष्ट देखियो । तर बर्षा नेपाल फर्किएसँगै उनीहरुको प्रेममा बाधा आयो । अहिले भने बर्षाको ब्रेकअप भएको कुरा सामाजिक संजाल भरि हल्ला भैलिएको छ। उनका ब्वाईफ्रेण्डले ब्रेकअप भएको कुरालाई लिएर भावुक हुदै इन्स्टाग्राममा स्टाटस समेत लेखेका छन ।
उनीहरुको प्रेम सम्बन्ध वि’छोड भएको भनी शनिबार बिहानै सबिनले आफ्नो र बर्षाको तस्बिर सहित लामो भावुक स्ट्याटस पोस्ट गरेका हुन्। सबिनले इन्टाग्राममा बर्षाले देखाएको इ’गो र व्य’वहारका कारण सम्बन्ध स’किएको लेखेका छन् ।