Logo

बेलायत मुक्तक दिवस भव्य रूपमा सम्पन्न,साहित्य सर्जकहरुको बिशाल उपस्थिति


१८,माघ–काठमाण्डौं । बेलायतमा मुक्तक दिवस भव्य रूपमा सम्पन्न मुक्तक दिवसको अवसरमा नेपाल मुक्तक प्रतिष्ठान ९नेमुप्र०, बेलायत शाखाले २०७७ साल माघ १७ गते ९३० जनवरी २०२१० शनिवारका दिन त्रिदवसीय मुक्तक दिवस ९माघ १६ (१८० मनाउने कार्यक्रमअन्तर्गत भर्चुअल यूरोप स्तरीय मुक्तक वाचन कार्यक्रम गरी भव्यताका साथ सम्पन्न भएको छ। नेमुप्र, बेलायत शाखाका अध्यक्ष दुर्गाप्रसाद पोखरेलको अध्यक्षता र केन्द्रीय अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यता तथा कोषाध्यक्ष निशा के.सीको विशेष आतिथ्यता रहेको थियो ।

साहित्य चौतारी बेलायतका संयोजक बासु शर्मा, तथा विश्वनेपाली महासंघ, बेलायतका अध्यक्ष विजय हितानको आतिथ्यता रहेको सो कार्यक्रमको समुद्घघाटन बाँसुरीमा राष्ट्रिय धुन बजाएर गरिएको थियो । बाँसुरीमा प्रत्यक्ष धुन बेलायत शाखाका सदस्य भरत लोहोरूङ राईले भरेका थिए ।संस्थाका सचिव नृपेश उप्रेतीद्वारा संचालित उक्त भेलालाई कार्यक्रम संयोजक तथा उपाध्यक्ष प्रतिमा केसीले स्वागत गरेकी थिईन।

सल्लाहकार डा रुपक श्रेष्ठले त्रिदिवसीय मुक्तक दिवसका कार्यक्रमहरु र तिनका उद्देश्यहरु तथा मुक्तक रचना विधान तथा वाचन शैलीका बारेमा मन्तव्य राख्दै पृथ्वीनारायण क्याम्पससंगको सहआयोजनामा माघ १८ मा विश्वव्यापी रुपमा मनाईने अन्तिम सत्रको लागि सबैलाई निमन्त्रणासमेत दिए। माघ १८ मा हुने अन्तिम सत्र मुक्तकमाथि एक प्राज्ञिक बहसको सुरुवात भएको र मुक्तकलाई अब प्राज्ञिक क्षेत्रमा भित्र्याउन एक सेतुको रुपमा आउने विचार सल्लाहकार श्रेष्ठले व्यक्त गरे।

कार्यक्रममा बेलायतबाट दुर्गा प्रसाद पोख्रेल, रुपक श्रेष्ठ, बिनोद अधिकारी, सुमल कुमार गुरुङ्ग, प्रतिमा केसी, नृपेश उप्रेती, राज श्रेष्ठ, कुमार केसी, भरत लोहोरूङ राई, सेमन्त राई, नानु राना, बासु शर्मा, विजय हितान, मुकेश राई, अहिल्या कुवंर, ललित न्यौपाने, डम्बर सिंह, जगत नवोदित रमेश कायस्थ, नारायण गाउँले, मोहन आचार्य जलाद, गोकुल भन्डारी, यूरोपबाट युवराज लामीछाने,रुमानिया, राजेश तुफान कार्की (डेनमार्क), सौरभ काारन्जित (बेल्जियम), विमल गिरी (बेल्जियम), साबी श्रेष्ठ (पोर्चुगल), तथा

जापानबाट के बि पारखी, त्यस्तै गरि केन्द्रका प्रतिनिधि रामकाजी कोने तथा निशा केसीले आ(आफ्ना मुक्तकहरु वाचन गरेका थिए १ प्रमूख अतिथि रामकाजी कोनेले कार्यक्रमको समीक्षा गर्दै यस दोस्रो सत्रको कार्यक्रम बेलायत शाखाले भव्य सफल गरेकोमा संयोजक प्रतिमा के सी तथा सम्पूर्ण कार्यकारी समितिलाई तथा

त्रिदिवसीय कार्यक्रमका योजनाकार डा रुपक श्रेष्ठलाई धन्यवाद ज्ञापन गरे। सभापति दुर्गाप्रसाद पोख्रेलले अब मुक्तक शिक्षालयहरुमा पठनपाठनको विषय बन्नु पर्नेमा जोड दिंदै सम्पूर्ण उपस्थित मुक्तककार तथा मुक्तकप्रेमीहरुलाई कार्यक्रम भव्य पार्न सहयोग गर्नुभएकोमा धन्यवाद ज्ञापन गरे।

 

प्रतिक्रिया दिनुहोस्