पूर्व राजाहरुको दरबार अगाडी ओलीले वृहत सभा गर्ने, कति कार्यकर्ता उतार्दै छन् ।
१८,माघ–काठमाण्डौं । प्रधानमन्त्री केपी ओली समूहले संवेदनशील मानिएको पूर्व राजाहरुको दरबार नारायणहिटी अगाडी आगामी २३ गते बृहत आम सभा गर्ने भएको छ । उनले आम सभामा लाखौं जनता सडकमा उतार्ने समेत उदघोष गरेका छन् । माघ २३ मा हुने आमसभा नारायणहिटी दरबार संग्राहलयको गेट अगाडि राखिएको बागमती प्रदेश अध्यक्ष एवं आमसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेलले बताए ।
गणतन्त्र बिरोधी र राजाबादीको आरोप समेत लागेका ओलीलाई पूर्व राजाहरु बसेको दरबार संग्राहय अगाडी आम सभा राख्नुले अहिले धेरैले अर्थपूर्ण रुपमा हेरेका छन् । केही दिन अगाडी उनले पुजा दर्शन गर्ने निहँुमा पशुपति गएको विषयले पनि अहिले निकै चर्चा पाएको छ । तर ओली निकट पक्षका केही नेताहरुले भने धेरै मानिस अटोस् र ट्राफिक व्यवस्थापन सहज होस् भनेर ‘नारायणहिटी दरबार संग्राहलय’लाई सभास्थल छनोट गरिएको बताएका छन् ।
‘भृकुटीमण्डपमा सभा गर्दा थोरै मानिस आट्ने भएकाले नारायणहिटर अगाडि राखिएको हो’ आमसभा तयारी सचिवालयका प्रमुख पोखरेलले भने । सभामा काठमाडौं उपत्यकाका साथै बागमती प्रदेशका सबै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने ओली समूहको तयारी छ । सभालाई प्रधानमन्त्री ओली लगायत नेकपाका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।