Logo

आयोजना निर्माणको क्रममा माझी समुदायलाई सरकारले विस्थापीत गराउन खोजेको भन्दै मानव अधिकार आयोगलाई ज्ञापण पत्र



१६,माघ–काठमाण्डौं । राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभरसन बहुउद्देश्यीय आयोजना निमार्णको क्रममा सरकारले विस्थापित गराउन खोजेको भन्दै माझी समुदायले न्यायको माग गर्दै मानव अधिकार आयोगमा ज्ञापणपत्र बुझाएका छन् । १३ बुढे माग सहित उनीहरुले शुक्रबार आयोग समक्ष मागपत्र बुझाएको हो ।

आदिबासी जनजाती माझी समुदायलाई कुनै सल्लाह सुझाव र जानकारी नै नदिई आफूहरुको जग्गा आयोजना निर्माणको क्रममा अधिकरमण भएको उनीहरुले ज्ञापणपत्र मार्फत आयोगलाई जानकारी गराएका छन् । उनीहरुले यो आयोजना निर्माणमा आफूहरु कुनै बाधक नभनेको तर आफूहरुको मागलाई सरकारले लत्याएर पुस्तौदेखिको माझी समुदा लगायत

अन्य समुदायको कला सँस्कृति र पुख्र्यौली सम्पत्तिलाई सर्बनाश गर्दै विस्थापित गराउन खोजेको उनीहरुले बताएका छन् । उनीहरुले आयोजना निमार्ण कम्पनीले निशुल्क शेयर दिनुपर्ने,तीन पुस्ता सम्म पुग्ने आर्थिक व्यास्था गर्नुपर्ने,माफी समुदायको लागि आफ्नो सँस्कृति बुझाउन माछा मार्ने व्यावस्था गर्नुपर्ने

आयोजनाले बगरमा परिणत गराएको जग्गाको उच्चित मूल्याङ्कन गरि मुआब्जा दिनुपर्ने लगायतका १३ बुढे माग ज्ञापण पत्रमा उल्लेख गरेका छन् । यदि यो मागलाई फेरि पनि सरकारले सुनावाई नगरे सशक्त आन्दोलनमा जाने समेत बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्