Logo

सहिदको उपलब्धि माथी प्रहार भन्दै सहीद दशरथ चन्द र गङ्गालाल श्रेष्ठको शालिक अगाडि एक घण्टा धर्ना


१६,माघ–काठमाण्डौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले शोभाभगवतीस्थित सहीद दशरथ चन्द र गङ्गालाल श्रेष्ठको शालिक अगाडि एक घण्टा धर्ना दिएको छ। उनीहरुले सहीदको बलिदानबाट प्राप्त उपलब्धिमाथि प्रहार भएको निष्कर्ष सहित एक घण्टा धर्ना दिएका हुन् ।

सहीद दिवसको अवसर पारेर प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीको नेतृत्वमा संसद् विघटन असंवैधानिक र सहीदको सपना विपरीत भएको भन्दै एक घण्टा धर्ना दिइएको हो।

सहीदको शालिकमा माल्यार्पण गर्दै पूर्वमन्त्रीसमेत रहेका प्रतिष्ठानका अध्यक्ष जोशीले प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार बनेदेखि नै सहीदको बलिदानबाट प्राप्त उपलब्धिमाथि बारम्बार प्रहार भइरहेको बताए।

धर्नामा सहभागीले शोभाभगवतीमा रहेको सहीद दशरथ चन्द र गङ्गालाल श्रेष्ठको शालिकमा फुलमाला लगाएर श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यस्तै गरि नेपाली काँग्रेसले पनि सहिदहरुप्रति श्रद्धाञ्जली तथा माल्यार्पण गर्दै संसद विघटनको बिरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्