प्रधानमन्त्रीको कुर्सी छोडेर निश्पक्ष निर्वाचनको मैदानमा आउन ओलीलाई नेपाली काँग्रेसको चुनौती
१६,माघ–काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको कुर्सी छोडेर निश्पक्ष निर्वाचनको मैदानमा आउन नेपाली काँग्रेसले चुनौती दिएका छन् । काँग्रेस निर्वाचन क्षेत्र नम्बर ६ ले शुक्रबार सहिद दिवसको अवसर पारेर शान्ति वाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्ने क्रममा विभिन्न नेताहरुले सो कुरा बताएका हुन् । विर्वाचन गराउने वाहानामा ओलीले सत्ता लम्ब्याउन मात्र खोजेको र जनतालाई भ्रममा पार्न नक्कली पासो थापेको पनि उनीहरुले आरोप लगाएका छन् ।
ओलीलाई कुनै पनि हालतमा संसद विघटन गर्ने अधिकार नभएको समेत नेताहरुले बताएका छन् । नेपाली काँग्रेसका युवा नेता गगन थापाले भारत र बेलायतको संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई दिएको अधिकार नेपालको संविधानले परिकल्पना नगरेको बताएका छन् । हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गर्ने अनि भारत र बेलायतको उदाहरण दिने ओली र अमेरिकाको ट्रम्पको ब्यावहार उस्तै भएको पनि नेताहरुले आरोप लगाएका छन् ।
संविधानमा प्रधानमन्त्रीविरुद्ध २ वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने प्रावधान रहेको युवा नेता गगन थापाले बताएका छन् । यस्तै उनले अहिले अदालतमा बहुमत प्राप्त गरेको प्रधानमन्त्रीलाई सरकार चलाउन मन नलागे के गर्ने भनेर बहस भइरहेको बताउँदै मन नलागे प्रधानमन्त्री घर जान सक्ने बताए।
बहुमत प्राप्त प्रधानमन्त्रीलाई सरकार चलाउन मन नलागे के गर्ने भनेर अदालतमा छलफल चलिरहेको छ। मन लागेन भने घर जाने। घरमा बस्न मन नलागे वन जाने,’ उनले भने। उनले पाँच वर्षका लागि केपी ओलीलाई जिम्मेवारी दिइएको तर ओलीले त्यसलाई पूरा गर्न नसकेको बताए। ‘संविधानको जगमा उहाँलाई जिम्मेवारी दिइयो। तर शास्त्र नपढेकोले अस्त्र चलाउन जानेनन्,’ उनले भने ।