Logo

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ शुक्रबार बाँडफाँट १० देखि ५० कित्ता सबैलाई


१६,माघ–काठमाण्डौं । अहिले सम्मकै भन्दा ठूलो र धेरै चर्चामा आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । १० देखि ५० कित्ता सम्मको शेयर माग बमोजिम नै सबैको भागमा परेको कम्पनीले जनाएको छ । कुल १४ लाख ८१ हजार २८४ जनाले आवेदन दिएकामा ६ हजार २७६ जनाको आवेदन रद्द भएको छ ।

माग अनुसार कुल १ करोड १२ लाख १९ हजार ८० कित्ता सेयर बाँडफाँट गरिएको हो । ६० देखि २ लाख कित्तासम्म माग गर्ने सबैलाई ५० कित्ताका दरले कुल ५ करोड ९७ लाख २०० कित्ता सेयर बाँडफाँट भएको छ ।

यसरी, बाँडफाँट गरिसकेपछि बाँकी रहन गएको ४९ लाख २० हजार ७२० कित्ता सेयर भने ६० देखि २ लाख कित्तासम्म आवेदन दिएकामध्ये ४ लाख ९२ हजार ७२ जनालाई गोलाप्रथामार्फत १० कित्ता थप गरिएको छ । यसरी इन्फ्रास्ट्रक्चरको आइपीओमा अधिकतम ६० कित्तासम्म सेयर हात पारेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्