निर्वाचन आयोगले बोलाएको छलफलमा प्रचण्ड र ओली पक्ष दुवै पुगे तर कुनै निश्कर्ष निस्केन

१६,माघ–काठमाण्डौं । निर्वाचन आयोगले छलफलको लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ओली पक्ष र दाहाल–नेपाल पक्षलाई बोलाएपछि दुवै पक्ष आयोगको कार्यालय पुगेका छन् । तर निश्कर्ष भने कुनै पनि निस्किएको छैन ।
प्रचण्डा माधव पक्षले आ आफ्नै तरिकाले आफुलाई वैधानिक जिकिर गर्दै आएपनि निर्वाचन आयोगले त्यसलाई वैधानिकता नदिएपछि फेरि आयोगले दुवैलाई छलफलका लागि बोलाएका थिए ।
तर दुवै समूह छुट्टाछुट्टै समयमा आयोगको कार्यालय पुगेका हुन् । सुरुमा दाहाल–नेपाल पक्षबाट नेताहरु सुरेन्द्र पाण्डे र लिलामणि पोखरेल पुगेका थिए । उनीहरुले आफ्ना अध्यक्षहरु उपत्यका बाहिर रहेको आयोगलाई जानकारी गराएका थिए ।
माघ २८ गतेसम्म आफ्ना आध्यक्षहरु उपत्यकाहिर रहेकाले अहिले कुनै छलफल गर्न नसकिने बताउदै थप समय माग गरेर फर्केका थिए । यता, प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरू भने सुवासचन्द्र नेम्वाङको नेतृत्वमा आयोगको कार्यालय पुेका थिए ।
नेता नेम्वाङले आफूहरु चुनावको लागि तयारी अवस्थामा रहेको स्पष्ट पारेका थिए । उनीहरु आ आफ्नै बिचार राखेर विना निष्कर्ष नै फेर्कका थिए । ओली पक्षका सुवास नेम्वाङले पुन पार्टी एकता भन्दा पनि चुनाव नै जिकिर गरेका थिए ।