आफ्नो सरकार ढाल्न प्रचण्डलाई हौसला प्रदान गर्ने वामदेम,माधव र झलनाथ खनाल नै मुख्य योजनाकार रहेको ओलीको खुलासा
१५,माघ–काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार ढाल्न प्रचण्डलाई हौसला प्रदान गर्ने मुख्य योजनाकार आफ्नै पार्टीका वामदेम गौतम,माधव कुमार नेपाल र झलनाथ खनाल नै रहेको आरोप लगाएका छन् । उहाँले कमलादी प्रज्ञा भवनमा बिहीबार जिफन्टद्वारा आयोजित राष्ट्रिय भेलालाई विशेष सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् ।
उनले भने,‘प्रतिनिधिसभामा उहाँहरुले अहिले स्थायित्वको कुरा गर्दै हुनुहुन्छ, आफ्नो लगभग लगभग दुई तिहाईको सरकार, त्यो नढालि नहुने, नतोडि नहुने, अघिल्लापल्ट मेरो नेतृत्वको सरकार ढाल्ने मान्छेहरु को को हुन रु तपाई हामी सबैलाई थाहा छैन र रु पुष्पकमल दाहाल, उनी त अर्कै पार्टीमा थिए, तर पनि उनी हुन एकजना, तीनलाई उकासेर नढाली हुँदैन् भनेर भन्ने मान्छे माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम उहाँहरु नै हो ।
उहाँहरुले प्रचण्डलाई ढाल्नैपर्छ यो सरकार भनेर उकासेको हो । यीनै मान्छे हुन् । फेरि अर्कोपल्ट चुनावबाट हामी आयौं । फेरि पनि काम गर्न दिएनन् । तपाईहरुले अहिले मैले नाम लिएका मान्छेहरुले सरकारको पक्षमा बोलेको कहीँ सुन्नुभयो रु कहिल्यै बोल्नुभएन् । तर ओेलीले यस्तो भक्तव्य दिइ रहेका बेला निर्वाचन आयोग र वामदेव गौतम भने पार्टी एकतको पक्षमा नै उभिएका छन् ।
उता प्रचण्ड माधव पक्ष भने अब कुनै पनि हालतमा ओलीसँग मिल्न नसकिने बताएउदै आएका छन् । कयौ जनताहरुले भने देशको प्रधानमन्त्रि जस्ता व्यक्तिले हरेक सार्बजनिक कार्यक्रमहरुमा देश र जनपक्षमा कुरा गर्नु भन्दा पनि विभिन्न व्यक्तिहरुको विरोध गर्दै समय बर्बाद गर्नु लाजमर्दो भएको टिप्पणी गरेका छन् ।