Logo

सुर्खेतमा गाई हत्’याको आरोपमा प्रहरी निरीक्षकदेखि हल्दार सम्मलाई कैद सजाय


१५,माघ–काठमाण्डौं । सुर्खेतमा गाई हत्’याको आरोपमा १० जनालाई कैद सजाय तोकिएको छ । सुर्खेतमा गाइ मारेको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत सुर्खेतले १० जनालाई कैद सजाय सुनाएको हो । गाई हत्’या आरोपितहरुमा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटी, नगर प्रहरी सहायक निरीक्षक विकास गौतम,नगर प्रहरी जवान चन्द्रबहादुर राना, सुशान्त शाही, सुवर्ण तारामीमगर लगायत रहेका छन् ।

उनीहरुलाई गाई हत्’याको आरोपमा क्रशं प्रहरी निरीक्षक सूर्यबहादुर बोगटी, एक वर्ष छ महिना, नगर प्रहरी सहायक निरीक्षक विकास गौतमलाई एक वर्ष, नगर प्रहरी जवान चन्द्रबहादुर राना, सुशान्त शाही, सुवर्ण तारामीमगर र कमल बयकलाई ६र६ महिना कैदको फैसला सुनाइएको छ । यस्तै उपमहानगरपालिकाद्वारा सञ्चालित काञ्जी हाउसका कर्मचारी पवनकुमार कनोजियालाई पाँच महिना र कर्मचारीद्वय राकेश भारती र धर्मेन्द्र नेपालीलाई तीनरतीन महिनाको कैद सजाय सुनाइएको छ ।

नगरपालिकाका फायरम्यान कमल थापा मगरलाई पनि तीन महिनाको कैद सजाय सुनाइएको श्रेष्तेदार बाँस्कोटाले जानकारी दिए । गत भदौ १३ गते नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएका २९१ वटा गाईमध्ये ३७ वटा गाईहरु सुर्खेतका विभिन्न ठाउँमा मृत फेला परेका थिए । जिल्ला अदालतका न्यायाधीश डा। राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार मुलुकी अपराध संहिताको २८९ बमोजिम गौहत्याका आरोपीमध्ये १० जनालाई तीन महिनादेखि १६ महिनासम्मको कैद सजाय फैसला गरेको अदालतका श्रेस्तेदार यमप्रसाद बाँस्कोटाले जानकारी दिएका हुन् ।

तर गौहत्यामा प्रतिवादी बनाइएका ढुवानी व्यवसायीसहित सात जनाले भने सफाइ पाएका छन् । सफाइ पाउनेहरुमा गाई ओसार्ने काममा संलग्न चितवन क्यारियरका सञ्चालक सन्तृप्त श्रेष्ठ र ट्रक चालकहरु हिमबहादुर जिसी, दामोदर केसी, शत्रुधन चौधरी, सागर विश्वकर्मा र सहचालकहरु विवेक कुँवर, कृष्णबहादुर बिसी रहेका छन् ।

अनुसन्धानको क्रममा पशु ढुवानी मापदण्ड निर्देशिका विपरीत लोड गरेर ढुवानी गर्दा गाईहरु केही निस्सासिएर, केही कुल्चिएर मरेको पाइएको थियो । ट्रकहरुलाई स्कर्टिङ गरेर आएका नगर प्रहरी निरीक्षक बोगटीसहितको टोलीले सुर्खेत–दैलेख सडकको कटकुवा, सुब्बाकुना, ब्यूरेनीलगायतका जंगलमा ट्रक व्याक गर्न लगाएर केही मरेका र केही ज्यूँदै गाईहरुलाई भिरबाट खसालेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्