Logo

बिदेश पठाउछु भन्दै ठगी गर्ने एक युवक पक्राउ


१५,माघ–काठमाण्डौं । क्यानडा पठाउने भन्दै विभिन्न जिल्लाका ३३ जना व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेका छन् । पर्वत मोदी गाउँपालिका ७ स्थायी घर भई पोखरा (३० शिसुवा बस्ने ३८ वर्षीय धिरज कुमार विश्वकर्माले कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायतका जिल्लाका ३३ जना व्यक्तिहरूलाई क्यानडा पठाइदिन्छु भनी ठगी गरेका छन् ।

ठगी गरेको जाहेरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेका हुन् । कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास कुमार हमालका अनुसार धेरै जनाको जाहेरीका आधारमा उनलाई पक्राउ गरेका हुन् । डिएसपी हमालका अनुसार विश्वकर्मा माथि आफू विगत लामो समय देखी विदेश बसेको

र युरोप, क्यानडा, अमेरिका लगायतका देशहरूमा धेरै मानिसहरू रोजगारको लागि पठाइसकेको भन्ने विश्वास दिलाएर ३३ जना व्यक्तिहरूबाट ९० लाख ७१ हजार पाँच सय रुपैयाँ उठाइ ठगी गरेको आरोप लागेको छ ।

विश्वकर्माले पैसा उठाएका व्यक्तिहरूलाई विश्वासमा पार्नको लागि विभिन्न सहकारी संस्था र विकास बैङ्कहरूको चेक दिएको पाइएको डिएसपी हमालले जानकारी दिनुभयो ।

यही माघ १३ गते पोखराको राम बजारबाट पक्राउ परेका विश्वकर्मालाई ठगी मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्