Logo

आजबाट श्री स्वास्थानी ब्रत सुरु


१५,माघ–काठमाण्डौं । माघ शुक्ल पूर्णिमा अर्थात आजबाट श्री स्वास्थानी ब्रत मेला सुरु भएको छ । एक महिना लामो हुने ब्रत अर्थात श्री स्वास्थानी मेला साँखु स्थित मन्दिरमा सुरु भएको हो ।

श्री स्वास्तानी माताको दर्शन गरेबापत पार्वतीले महादेव पति पाएको मान्यताका साथ यो मेलामा भक्तजनहरु आउने गर्छन् । आजबाट एक महिना सम्म भेटी चढाउने र स्नान गरि ब्रत बस्ने चलन छ ।

कसैले कथा पढ्ने र पढेर अरुलाई सुनाउने पनि गर्छन् । स्वास्तानी माताको दर्शन गरेमा मनमा चिताएको सबै कुरा हुन्छन भन्ने बिश्वासका साथ सबै भक्तजनहरु यो पवित्र मन्दिर सरमा जाने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्