Logo

२ अर्ब ६ करोड नाफा कमाउन एनआईसी एशिया बैंक सफल


१५,माघ–काठमाण्डौं । एनआईसी एशिया बैंकले २ अर्ब ६ करोड सर्वाधिक नाफा कमाएको छ । बैकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै सो कुरा जनाएका हुन् । बैंकले २ अर्ब ६ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको विवरणमा उल्लेख गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो चालु आवको दोस्रो त्रैमासमा गरेको नाफा ४ करोड ४३ लाख रुपैयाँ वा २।१९ प्रतिशत धेरै हो ।

बैंकले संचालन मुनाफा १३ करोड ४९ लाख रुपैयाँ बृद्धि गरी ३ अर्ब ३ करोड ८१ लाख रुपैयाँ पुगेको विवरणमा उल्लेख छ । ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ चुक्तापुँजी रहेको यस बैंकमा ६ अर्ब ८९ करोड २८ लाख रुपैयाँ जगेडा कोषमा रकम संचित छ ।

 

प्रतिक्रिया दिनुहोस्