Logo

प्रचण्ड माधव कुमार समुहको माइतीघर मण्डलामा धर्ना


१४,माघ–काठमाण्डौं । प्रचण्ड माधव कुमार समुहले बुधबार माइतीघर मण्डलामा सरकारलाई धर्ना दिएका छन् । एक महिनादेखि आन्दोलनमा होमिएका उनीहरुले ओलीको असंवैधानिक कदम बन्दै धर्ना दिएका हुन् । असंवैधानिक रुपमा संसद विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउन दबाव दिने उदेश्यले धर्ना बसेको नेकपा प्रचण्ड–माधव समूहकी नेतृ पम्फा भुसालले बताइन् ।

संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको उनको भनाइ छ । उनीहरु प्लेटी कसेर सडकमा नै बसेका थिए । धर्नामा बसेका अर्का नेता हरिबोल गजुरेलले जनताले आफ्नो प्रतिनिधिमार्फत बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा आमजनता धर्नामा बस्नुपर्ने अवस्था आएको बताए ।

संविधानको रक्षा गर्न र जनतालाई संविधानको रक्षाको निम्ति आउने विश्वासका साथ धर्नामा बसेको उनको भनाइ छ । नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । संसद विघटनको विरोधमा शनिबारबाहेक माघ २१ गतेसम्म प्रत्येक दिन २ घण्टा धर्ना बस्ने कार्यक्रम रहेको सो समूहले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्